add

कालीपूर्वको भूमि नेपालको हो, फिर्ता ल्याउन सहयोग गर्छौं : देउवा






ActPro Nepal

|

३१ जेठ, २०७७

|
916

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालीपूर्वको भूमि नेपालको रहेको विषयमा कुनै विमती नरहेको बताएका छन्।

नेपालको संविधानको दोस्रो संशोधन विधेयक माथिको दफवार छलफलमा बोल्दै देउवाले कांग्रेसले संशोधन प्रस्तावलाई समर्थन गर्ने र भारतसँग वार्ता गर्ने क्रममा समेत सरकारलाई पूर्ण समर्थन गर्ने बताए।

‘सुगौली सन्धी ८१६ का अनुसार कालापनी पुर्वको भूमी नेपालको हो भन्ने स्पष्ट छ। कालीनदी पूर्वको भूमि नेपालको हो भन्नेमा विमती छैन,’ उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले नेपालको भूमि फिर्ता लिने सम्बन्धमा संसोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ। संसदीय दलको बैठकमा पनि निर्णय भएको छ।’

उनले संशोधन प्रस्तावमा सबै पार्टीको समर्थन देखिएको भन्दै नेपालको राष्ट्रिय एकता महत्वपूर्ण रहेको बताए। ‘नेपालीहरु जुनसुकै ठाँउमा किन नहुन्, राष्ट्रिय हितका लागि एक छन् भन्ने यसले प्रस्ट पारेको छ,’ उनले भने, ‘म सबै दलका साथीहरुलाई धन्यवाद दिन चाहान्छु।’ उनले भूमि फिर्ता लिन गरिने सबै प्रयासमा सरकारलाई कांग्रेसले सहयोग गर्ने बताए। ‘भूमी फिर्ता लिने सन्दर्भमा सरकारलाई हाम्रो सहयोग रहन्छ भन्ने विश्वास दिलाउन चाहान्छु,’ उनले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.