add

कुवेतबाट उद्धार गरीएका ९३ जना श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा आइपुगे






ActPro Nepal

|

३० जेठ, २०७७

|
931

चतराधाम। एयरबस ए३२०–२५१एन  जहाजमा कुवेतबाट उद्धार गरी ल्याएका ३ सय नेपालीहरु मध्ये ९३ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको छ ।

विहिबार साढे ११ बजे काठमाडौं ओर्लिएका उनीहरू शुक्रबार ‘होल्डिङ् केन्द्रमा आइपुगेका हुन् । कुवेतबाट आउनेमा झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा ,ओखलढुंगा भोजपुर ,खोटाङ लगायतका छन् ।

होल्डिङ व्यवस्थापन समितिले उनीहरूलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइने जनाएको छ । आएका मध्ये ६७ जनालाई आजै जिल्लासँग समन्वय गरेर घर पठाईसकेको छ ।

श्रीरामानन्दाचार्य सेवापीठ भवनको ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु गरेका छन् ।

सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।

विश्वव्यापी महाविपदको अवस्थामा विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि सेवापीठले होल्डिङ् केन्द्रको रुपमा आफ्नो भवन दिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.