काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालय खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर खोल्न निर्देशन दिएको हो ।
साथै बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको छ ।
सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।
सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।
मन्त्रीपरिषद बैठकको निर्णय अनुसार सरकारी कार्यालयसँगै निजी कार्यालय, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका कार्यालय समेत २ सिफ्टमा संचालन गर्नुपर्नेछ ।
पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म र दोश्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म कायम हुनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।