add

अनाथ बालबालिका र सुदुरपश्चिमीलाई खाद्यान्न, जुस र सौन्दर्य सामाग्री






ActPro Nepal

|

२९ जेठ, २०७७

|
1365

काठमाडौ  हरिपृया-प्रकाश फाउन्डेसन बाट काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रहेका अनाथ, बिपन्न र दलित समुदायको वालवालिका अनि विद्यार्थीहरु सहित सुदुरपश्चिमी र कर्णाली प्रदेश नागरिकलाई खाधान्न, जुस, स्वास्थ र सौन्दर्य सामाग्री बाडिएको समाजसेवी क्षितिज भण्डारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी साहित्यकार एवं स्वच्छ छविका नेता गुरुराज घिमिरेले कोरोना, राहत र सिमानाको बिषयमा संसदमा राजनीति दलको एक मत बाहेक अरु आवाज जनताले सुन्न नचाहेको दाबी गर्नुभयो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका घिमिरेले हरिपृया फाउन्डेसनको गतिविधि नेपालमा डलरको खेती मात्र गर्नेको लागि उदाहरणिय कदम रहेको बताउदै डाबर नेपालको जुस, हिमालयको फेसवास, रिचार्ज कार्ड र हुलासको खाद्यान्नहरु फेस नेपालका अध्यक्ष देबराज टमटालाई हस्तान्तरण गर्नुभयो ।

राहत अनुगमनका सयोजक एवं गोरखापत्रको कार्यकारी सम्पादक शिव भट्टराईले सामाजिक सेवाभावले नेपालका पत्रकार सहित १० हजार नागरिकलाई लाखौंको राहत बितरण निरन्तर अनुगमन गरिरहेको बताउदै अनाथ वालवालिकालाई मास्क, पन्जा र सेनेटाईजर लगायत स्वास्थय सामग्री हस्तान्तरण गर्नुभयो।

कार्यक्रमका सल्लाहकार एवं नेपाल बहसका सम्पादक ईन्द्र रिजालले सरकारले गर्नुपर्ने काम फाउन्डेसनले गरेको खुलासा गर्दै कुनै पनि चन्दा संकलन नलिई उपत्यका र मोफसेलको पत्रकारहरुलाई स्वार्थ रहित सहयोग स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा हरेक बर्ष गरिएकोमा फ्रन्टलाईनका पत्रकार उत्साहित भएको बताउनुभयो ।


स्वर्गीय भण्डारीको ईतिहास केलाउदा डोटिको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बिए सम्म अद्य्ययन गरेर साहित्यकार, लेखिका को रुपम कलम चलाउनु हुन्थ्यो । कैलालीमा तत्कालीन नेपाली कांग्रेस नगर सभापति प्रकाशनारायण भण्डारी संग बिवाहा पश्चस्त दुई दशक नेपाल महिला संघ जिल्ला र केन्द्रको नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत हुनुहुन्थ्यो ।


सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा हिमालयको फेसवास, सैम्फु साबुन, फेस टिस्यु, डाबरको जुस, तेल, बजाजको तेल, मास्क, सेनेटाईजर, मोबाइल रिचार्ज र पन्जा बाडिएको थियो । सामाजिक अभियन्ता भण्डारीका नागरिकमा कोरोनको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरतालाई निरोगी हुँदै मन्जनदेखि नुहाउने साबुन, सैम्पु, फेसवास संगै तेल, क्रीम र ब्लेड-रेजर आदि सौर्न्दर्य सामग्री नै चाहिने हुनाले आत्मबिश्वास बढाउदै लक डाउन र आर्थिक बिपत्तिमा १०हजार नागरिक यी सामाग्री बितरण गरिएको बताउँछन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.