add

अति बिपन्न परिवारलाई महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत






ActPro Nepal

|

२८ जेठ, २०७७

|
1995

काठमाडौं । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाई राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रीय अध्यक्ष महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत वितरण भैरहेको छ । 


बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई कुँवरको सक्रियतामा राहत सामग्री वितरण हुँदै आइरहेको हो । 


जारी लकडाउनका कारण काम तथा मजदुरी गर्न नपाएर पैसाको समस्याले छटपटिरहेका परिवारहरुलाई लकडाउन सुरुदेखी अहोरात्र खटिई राहत वितरण मार्फत सेवा दिदै आईरहेको केन्द्रीय अध्यक्ष कुँवर जानकारी दिए।


बुधवार बालाजु आसपासमा रहेका विपन्न परिवारलाई कुँवरको सक्रियत र समाजसेवी कविता खाती (कबु)को संयोजकमा काठमाडौको म्हैपी मन्दिरमा चामल, दाल, आलु, नुन, तेल, साग जस्ता खाद्यान्न सामग्रीहरु राहत वितरण गरिएको छ । 


यसमा बिशेष सहयोगीको रुपमा छोरीको लागि छोरी अभियानकी संयोजक शोभा थापा, सामाजिक अभियन्ता ओम श्रेष्ठले रहेका थिए । पत्रकार दिपक घिमिरे, अर्जुन न्यौपाने लगायतको सहभागिता रहेको थियो । 


नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका स्थानीय हरुका तर्क रहेका छन ।

यस अघि पनि नागरिक बिकास विभिन्न ठाँउमा भोजन, मठ मन्दिर, आश्रमहरुमा निरन्तर सहयोग गर्दै आईरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.