काठमाडौं । नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अर्घाखाँची, पर्सा र सप्तरीका ५५ जनामा कोरोना भाइरसको संक्रमण पुटि भएको हो ।
अर्घाखाँची :- अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सा :-पर्सामा सोमबार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जगरनाथपुर गाँउपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा राखिएका २० देखि ५५ वर्ष उमेरका ७ पुरुष र १ महिला गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भारतको केरला र लुधियानबाट १५ दिन पहिले गाँउ फर्किएका उनीहरु सबै जगरनाथपुर गाउँपालिका–६ औराहाका हुन् । संक्रमित सबैजना सन्ठीको क्वारेन्टाइन रहेका थिए ।
सप्तरी :- सप्तरीमा सोमबार एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवका अनुसार संक्रमितहरु बलान बिहुल गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।