add

नेपालका ७ जिल्ला कोरोनाबाट चोखै, वाग्मतीमा सुरक्षित रसुवा






ActPro Nepal

|

२५ जेठ, २०७७

|
1916

काठमाडौं । नेपालका कोरोना संक्रमितको संख्या ३२ सय पार हुँदा अझैपनि केहि जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् ।

नेपालमा अहिलेसम्म ७ जिल्ला कोरोना संक्रमणबाट सुरक्षित छन् । हिजो (शनिवार) डोल्पा र जाजरकोटमा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ७ जिल्ला मात्र संक्रमणरहित रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये इलाम र ओखलढुंगा मात्र अब कोरोना भाइरसको संक्रमणरहित अर्थात सुरक्षित रहेका छन्।

यस्तै बागमती प्रदेशको १३ जिल्लामध्ये रसुवा, गण्डकी ११ जिल्लामध्ये प्रदेशका मनाङ र मुस्ताङ, प्रदेश ५ को १२ जिल्लामध्ये रोल्पा तथा कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा संक्रमित भेटिएका छैनन् ।
अहिलेसम्म धेरै संक्रमण देखिएका जिल्लामा कपिलपस्तुमा ५ सय २९ जनामा संक्रमण देखिएको छ । यस्तै रौतहटमा ३ सय ९३, दैलेखमा ३ सय ४७, बाँकेमा २ सय ६७, सर्लाहीमा १ सय ७८, झापामा १ सय ३१, पर्सामा १ सय १५, रुपन्देहीमा १ सय ६, धनुषामा १ सय ४ जमा संक्रमण देखिएका छ भने अन्य जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ ।

हिमाल पारीका दुई जिल्ला जोखिम कम

गण्डकी प्रदेशमा हालसम्म १ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। अरु प्रदेशको तुलनामा यस प्रदेशमा कम संक्रमित छन्। प्रदेशका ११ मध्ये हिमाल पारीका जिल्लाहरु मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना भेटिएको छैन।

मुस्ताङमा अहिलेसम्म १० जनाको पीसिआर गरिएकोमा १० जनाकै नेगेटिभ रिपोर्ट आएको छ। ३ सय जनाको आरडीटी गरिएकोमा ७ जनाको पोजेटिभ आएको थियो तर उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आयो। मुस्ताङमा भारतबाट आउनेको संख्या करिब शून्य नै छ। अहिलेसम्म १ जना मात्रै भारतबाट आएको तथ्याङ्क छ, जिल्ला प्रशासनसँग।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.