add

भारतमा एकैदिन करिब दश हजार संक्रमित, सात हजारको निधन






ActPro Nepal

|

२५ जेठ, २०७७

|
548

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा करिब दश हजार जना सङ्क्रमित भेटिएका छन् । 

संक्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ । त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण निधन भएकाहरुको संख्या पनि दुई सय ८७ रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । 

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय २८ पुगेको छ । 

कुल सङ्क्रमितमध्ये एक लाख २० हजार चार सय ६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  त्यसैगरी कुल मृतकको संख्या छ हजार नौ सय २९ पुगेको छ भने एक लाख १९ हजार दुई सय ९३ जना संक्रमण मुक्त भइसकेका छन् ।  

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन् । जहाँ ८२ हजार नौ सय ६८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार एक सय ५२ जना सङ्क्रमित भएका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार तीन सय ८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टा भित्र परीक्षण गरिएको थियो ।–रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.