add

कोरोना अपडेट : २४ घण्टामा विश्वभर एक लाख ३० हजार भन्दा बढी कोरोना संक्रमित थपिए,कुन देशमा कति?






ActPro Nepal

|

२४ जेठ, २०७७

|
608

काठमाडौं  । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण पछिल्लाे २४ घण्टामा एक लाख ३० हजार भन्दा बढी संक्रमितहरु थपिएका छन् । यही अवधिमा ४ हजार ९ सय १ जनाको ज्यान गएको छ । मृत्यु भने अघिल्लो दिनको तुलनामा केही कमी हो ।

सबै भन्दा धेरै ब्राजिलमा ३० हजार बढी र अमेरीकामा मात्रै २५ हजार बढी संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ९ हजार र रुसमा ८ हजार बढी संक्रमित थपिएका छन् ।

हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ९७ हजार हजार ४ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । यसै गरी निको हुनेको संख्या ३३ लाख २९ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ११ हजार ३ सय ८५ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख ६५ हजार ५ सय ५१ पुगेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३५ हजार ४७ जना भने संक्रमित ६ लाख ४६ हजार ६ जना पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ४९ हजार ८ सय ३४ संक्रमित छन् भने ५ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८८ हजार ५८ संक्रमित छन् भने २७ हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।

बेलायतमा ४० हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित छन् ।

भारतमा २ लाख ३६ हजार १ सय ८४ जना संक्रमित छन् भने ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

ईटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ५ सय ३१ जना जना संक्रमित छन् ।

पेरुमा एक लाख ८७ हजार ४ सय जना संक्रमित छन भने ५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८५ हजार ४ सय १४ जना संक्रमित छन् भने ८ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ६८ हजार ३ सय ४० जना संक्रमित भएको छ भने ४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.