add

आगामी वर्ष भुमी बैंक स्थापना र सञ्चालनमा आउने






ActPro Nepal

|

१५ जेठ, २०७७

|
947

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा भुमी बैंकको स्थापना र सञ्चालन गर्ने भएको छ ।

कम्तीमा ३ सय स्थानीय तहमा भुमी बैंक स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

व्यक्तिसँग लिजमा लिएको, सरकारी जग्गा र नदीबाट जोगाइएको जमीनलाई भूमी बैंकमा राखिने छ । त्यसका लागि रु. ५० करोड व्यवस्था गरिएको छ ।

भुमी बैंकले इच्छुक व्यक्तिहरुलाई व्यावसायिक कृषिका लागि लिजमा जमीन उपलब्ध गराउने छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटले त्यस्तो जमीनमा खेती गर्नेलाई कृषि सामग्रीमा अनुदान समेत दिने व्यवस्था गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.