add

बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार नाघ्यो, संक्रमितको संख्या ५५ लाख ८२ हजार नजिक






ActPro Nepal

|

१३ जेठ, २०७७

|
751

काठमाडौं । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण  हाल सम्म विश्वमा  मृतकको संख्या ३ लाख ४७ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५५ लाख ८२ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख ६१ हजारपुगेको छ ।

पछिल्लो २४ घण्टामा तुलनात्मक रुपले कम मृत्यु भएको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या ९९ हजार ८ सय भन्दा बढी छ । कुल संक्रमित १७ लाख ५ हजार भन्दा बढी पुगेको छ । यसै गरी ब्राजिलमा कुल मृत्यु २३ हजार ४ सय ७३ छ भने संक्रमित ३ लाख ७४ हजार ८ सय ९८ छ ।

रुसमा ३ लाख ५३ हजार ४ सय २७ स.क्रमित छन् भने ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । स्पेनमा नयाँ संक्रमण र नयाँ मृत्युको कुनै रेकर्ड देखिएको छैन । त्यहाँ कुल २ लाख ८२ हजार बढी संक्रमित छन् भने २६ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार १ सय ८४ जना संक्रमित छन् । ईटालीमा ३२ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार एक सय ५८ जना संक्रमित छन् ।

जर्मनीमा एक लाख ८० हजार ७ सय ८९ संक्रमित छन् भने ८ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । टर्कीमा एक लाख ५७ हजार ८ सय १४ जना संक्रमित छन् भने ४ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ ।

भारतमा एक लाख ४४ हजार ९ सय ५० जना संक्रमित छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेके छ भने १५५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । चार जनाको मृत्यु भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.