add

वीरगञ्जको नारायणी अस्पताल कोरोना संक्रमितमुक्त , ४३ जना कोरोना संक्रमित आज डिस्चार्ज






ActPro Nepal

|

१२ जेठ, २०७७

|
955

काठमाण्डौ । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । 

त्यहाँ उपचार गराइरहेका सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि सो अस्पताल तत्कालका लागि संक्रमितमुक्त बनेको हो । 

पछिल्ला तीन दिनको अवधिमा सो अस्पतालको आइसोलेसनमा वार्डमा रहेर उपचार गराइरहेका सबै ७० कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । 

पछिल्लो पटक सोमबार अपरान्ह यो अस्पतालबाट ४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्टेडन्ट डा. मदनकुमार उपाध्यायका अनुसार सोमबार डिस्चार्ज हुने एकजना सर्लाहीका हुन् भने बाँकी सबै पर्साका हुन् । 

सबै संक्रमितका पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको समेत उनले प्रष्ट्याए । 

सोमबार डिस्चार्ज हुनेमा पत्रकार महासंघ पर्साका अध्यक्षसहित संक्रमित २ पत्रकार समेत छन् । 

आइतबार राति मात्रै यो अस्पतालले एकैपरिवारका १८ जनालाई डिस्चार्ज गरेको थियो । 

त्यसअघि शनिवार ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । 

नारायणी अस्पतालबाट डिस्चार्ज भएका पछिल्ला ४३ संक्रमितसहित नेपालमा निको भएर घर फर्किने संक्रमितको कुल संख्या १५५ पुगेको छ । हालसम्म ६८२ मा संक्रमण फेला परिसकेको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.