add

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो






ActPro Nepal

|

९ जेठ, २०७७

|
759

काठमाडौं  ।  नेपालमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् ।

संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। 

सर्लाही गाडैता नगरपालिका ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष तथा १८ वर्षिय महिलामा करोना देखिएको हो ।

कपिलबस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षिय पुरुषहरु तथा ८ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।

 नवलपरासी वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो सँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।  कुल संक्रमितमध्ये हालसम्म ४९ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएका मध्ये ३ जनाको निधन भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.