add

नुवाकोटमा राहतको दालचामल लुकाएको अवस्थामा पानी ट्याङ्ग्कीमा भेटियो






ActPro Nepal

|

८ जेठ, २०७७

|
2531

नुवाकोट । ककनी गाउँपालिका वडा नम्बर १ कागतीगाउँमा कोरोनाबाट प्रभावितहरुका लागि जम्मा गरेको चामल ट्याङ्ग्कीमा लगेर लुकाएको तथ्य सार्वजनिक भएको छ।


दैनिक ज्यालादारी गर्ने र मजदुरका लागि वितरण गर्न गाउँपालिकाले खरिद गरेको चामल करिब १० बोरा वडा नम्बर १ स्थित भवानी माबि नजिकैको ट्याङ्ग्कीमा लुकाइएको अवस्थामा स्थानियवासीले फेला पारेका हुन ।

गाउँपालिकामा राहात नपाएर भोकमरी लाग्ने अवस्था आउँदा समेत राहात वितरण नगरि वडा नम्बर १ का वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले राजनिति गर्न थालेको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन ।


गाउँपालिकाले वडा नम्बर १ लाई राहात वितरणको लागि भन्दै ३४० बोरा चामलसहित दाल र तेल वडाअध्यक्षलाई तीन साताअघि दिएपनी हालसम्म बितरण भएको थिएन ।

तत्काल वितरण गर्न भनेर दिएको राहात सामाग्री वितरण नगरेको भन्दै केरकार गर्न शुरु गरेको गाउँपालिका स्रोतले जनाएको छ ।

अहिले नुवाकोटमा राहतको नाममा ब्यापार र राजनीति चल्दे गरेको अवस्थामा राहात सामाग्री नै विद्यालयमा राखेको ठाउँबाट हराउनु आफैमा लज्जाबोध र गाउँपालिकाकै वेज्जत भएको स्थानिय सुभलाल बलामीले बताएका छन ।

त्यस्तै वडाध्यक्ष चन्द्रवहादुर श्रेष्ठ वलामीले विद्यालयमा राखेको राहात सामाग्री हराउनु आफैमा लज्जाबोध भएको भन्दै घटनाको छानविन भइरहेको बताए । विद्यालयको कोठाभित्र राहात सामाग्री राखिएको थियो, तर केहिदिनपछि त राहात सामाग्री त पानीको ट्याङ्कीमा पो भेटियो, उनले भने । वडाध्यक्ष वलामीले विद्यालयको साँचो धेरै व्यक्तिसँग रहेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताए । त्यस्तै राहात खाद्यान्न चोरीको विषयमा जानकारी लिदाँ गाउँपालिकाकी उपाध्यक्ष सिता लामा खतिवडाले पालिकाले दिएको खाद्यान्न वडाले लगेर वितरण नगरि राखेको र अस्ती हराएको मैले पनि सामाजिक संजालबाट थाहा पाएकी हुँ उनले भनिन केहि स्थानमा राहात वितरणमा ढिलाइ भइरहेको अवस्थामा वडामा नै राहात सामाग्री थन्केर वस्नु नै गलत भएको उनले बताइन ।

जनता राहातको नाममा छटपट्टिएर बसेको वेला राखेकै ठाउँबाट राहात सामाग्री हराउनु हास्यास्पद भएको सरोकारवालाहरु बताउँछन ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.