add

कोरोना संक्रमितको मृत्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइन कारबाहीमा






ActPro Nepal

|

८ जेठ, २०७७

|
758

काठमाडौं । नेपाल प्रेस काउन्सिलले कोरोना महामारीको अवस्थामा गलत सूचना प्रवाह गर्ने ३९ वटा अनलाइनलाई कारबाही गरेको छ ।

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनि खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको  हो ।

एकाध सञ्चारमाध्यमहरुका कारण पनि मानिसमा भ्रम र आतंक सिर्जना भइरहेको काउन्सिलले जनाएको छ।

विश्वमा आइ लागेको संकटका बेला थप जिम्मेवारी देखाउनु पर्ने बेला केहि सञ्चारमाध्यमहरुले आधिकारितकता पुष्टि नभएका कुरा विभिन्न माध्यमबाट नागरिकसम्म पुर्‍याएर असहज अवस्थामा भ्रम र त्रास सिर्जना गरेको पाइएको छ ।

प्रेस काउन्सिल नेपालले यस्तै गलत सूचना प्रवाह गर्दै आएका विभिन्न ८ वटा अनलाइनलाई देशैभरी प्रकाशन-प्रशारण नहुने गरी ‘ब्लक’ गरिदिएको छ । यस्तै आधाकारिता पुष्टि नभएका र हुन नसक्ने सूचनालाई समाचारको नाम दिएर विभिन्न शीर्षकमा नागरिकसम्म पुर्‍याएर भ्रम सिर्जना गरेको आरोपमा ३९ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

पत्रकार आचारसंहिता विपरीत आफैले कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिमा काउन्सिल अहोरात्र मिडिया अनुगमनमा जुटेको पनि जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.