add

लकडाउनकमा अत्यावश्यक सेवा प्रवाह नराेकिने, यस्ता छन् सरकारका निर्णय






ActPro Nepal

|

६ जेठ, २०७७

|
784

काठमाडौँ । आगामी जेठ २० गतेसम्म लकडाउन जारी भए पनि सरकारले सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरु र अन्य अत्यावश्यक सेवा सञ्चालनका लागि विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले लकडाउनका बेला पनि अत्यावश्यक सेवा प्रवाहलाई सुचारु गर्नका लागि विभिन्न निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्‍चालन गर्ने निर्णय सरकारले गरेको छ ।

यस्तै अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्‍चालन गर्ने निर्णय गरिएको सरकारले जानकारी दिएको छ ।

यस्तै अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालय र निकायको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

यसका साथै उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने निर्णय पनि आइतबारको मन्त्रिपरिषद बैठकले गरेको जानकारी सोमबार दिइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.