add

नेपालमा २१ जिल्लामा कोरोना भाइरस संक्रमण फैलियो , कुन जिल्लामा कति संक्रमित ?






ActPro Nepal

|

३१ वैशाख, २०७७

|
1051

काठमाडौं । नेपालमा २१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । 

बुधबार बिहानसम्म २१७ जना कोरोनका संक्रमित फेला परेका छन् भने ३३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको संक्रमण फैलिदो क्रममा रहेको छ । ६ प्रदेशका २१ जिल्लामा फैलिएको कोरोना संक्रमणका कारण अहिलेसम्म   कसैको पनि मृत्यु भएको छैन्। 

मंगलबार एकै दिन ८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण फैलिएको जिल्ला संख्या २१७ पुगेको हो ।

मंगलबार दिउसो ५७ र बेलुका २६ जना संक्रमित थपिएका थिए । जसमा दुई नयाँ जिल्ला भक्तपुर र महोत्तरी पनि परे । जहाँ २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । सबैभन्दा बढि संक्रमित पर्सा जिल्लामा रहेका छन् । जहाँ ८२ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रोमा बढि संक्रमित भएको जिल्ला उदयपुरमा ३२ जना रहेका छन् । कपिलबस्तुमा २९, बाँकेमा २४ र रुपेन्देहीमा १६ जना संक्रमित छन् ।

यस्तै काठमाडौंमा ५, कैलालीमा ४, बारामा ३, रौतहटमा ३, धनुषामा ३, चितवनमा २, झापामा २, वाग्लुङमा २ र सर्लाहीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुर, बर्दिया, धादिङ, सप्तरी र भोजपुरसहितका पाँच जिल्लामा भने एक जना मात्रै कोरोना संक्रमित रहेका छन् ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.