add

मौसम पूर्वानुमान : यस्तो छ आजको मौसम






ActPro Nepal

|

३१ वैशाख, २०७७

|
1263

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको  जनाएको छ ।

मौसम  पूर्वानुमान महाशाखाका अनुसार  आज बिहान काठमाडौं उपत्यकासहित प्रदेश ३, सुदूरपश्चिम, कर्णाली र प्रदेश २ मा मौसम बदलीका साथ साथै देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

आज पश्चिमी वायुको अर्को नयाँ प्रणाली भित्रिएको छ। जुन कर्णाली प्रदेशमा प्रवेश गरिसकेको छ। जहाँ अहिले बिहान नै वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले जनाएका छन् । 

जुन प्रणाली बिस्तारै पूर्व सर्ने क्रममा रहेको र दिउँसोसम्ममा काठमाडौं उपत्यकामा पनि बदली भई वर्षा हुने सम्भावना रहेको छ । आज पश्चिम, मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.