add

‘साइबर क्राइमको प्रहरी हूँ’ भन्दै अननोन नम्बरबाट ब्ल्याकमेलिङ






ActPro Nepal

|

३० वैशाख, २०७७

|
1366

काठमाडौं । ‘सर मेरो गोप्य भिडीयो यहाँ आइपुगेको भन्दै कल आएको थियो, फोन गर्नेले मलाई साइबर क्राइमको प्रहरी हूँ भनेको थियो ।’ 

 भोटाहिटीस्थित साइबर ब्यूरोमा एक अधवैशे महिला आत्तिदै पुगिन् । ड्युटी अफिसरले उनलाई फोन आएको नम्बर मागे । तर, उनको मोबाइलको कल लगमा नम्बर देखिएको थिएन् । 

सोमबार ती महिलालाई आएको कल जस्तै ‘अननोन नम्बर’बाट आजभोलि त्यसरी फोन आएको भन्दै ब्यूरोमा धाउनेको संख्या बढेको छ । 

ल्याण्डलाइन फोन र मोबाइलमा अननोन नम्बरबाट फोन गर्नेले ‘साइबर ब्यूरोको प्रहरी हूँ’ भन्दै ब्ल्याकमेलिङ गर्ने गरेका छन् ।

लकडाउनसँगै देखिएको यो समस्या एकपछि अर्को गरी बढ्न थालेपछि ब्यूरोले सो घट्नाको अनुसन्धान थालेको छ । 

सोमबार ब्यूरोले कलर आइडीमा नदेखिने नम्बरबाट फोन र इमेलबाट अपरिचितले व्‍यक्तिगत विवरण मागेमा नदिन र तत्काल ब्यूरोलाई जानकारी गराउन सार्वजनिक सूचना जारी गरेको छ । 

उजुरी बढेपछि अनुसन्धान 

वैशाख महिनामा साइबर ब्यूरोमा आधा दर्जन त्यस्ता उजुरी परेको छ ।

फोन गर्नेहरुले  ‘इजि टार्गेट’ छानेर ब्ल्याकमेल गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साइबर ब्यूरोका एक अधिकृतले  बताए । 

‘पीडितको बारेमा सबै जानकारी राख्नेले नै ब्ल्याकमेल गरिरहेको देखिएको छ’ ब्यूरोका ती अधिकृत भन्छन्–‘ब्ल्याकमेलरले पैसा भएका र सामाजिक सञ्‍जालबारे खासै चासो नभएकालाई टार्गेट गरेको देखिन्छ ।’  

एकपछि अर्को उजुरी बढ्न थालेपछि साईबर ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । 

फोन गर्नेहरुले प्रहरीको हवाला दिँदै ‘बाँकी फोटो भिडीयो पनि पठाउनुस‍्, अनुसन्धान भइरहेको छ’ भनेर त्यस्ता सामग्री प्राप्त गरेपछि सामाजिक सञ्‍जालमा अपलोड गरेर चरित्र हत्या गर्ने गरेका छन् ।

प्रहरीले त्यस्ता फोनकाे वि‍श्‍वास गर्न र ब्यूराेमा खबर गर्न आग्रह गरेको छ । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.