add

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, बर्दियामा पहिलो संक्रमित ११ बर्षीय बालिका






ActPro Nepal

|

२९ वैशाख, २०७७

|
777

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका -८ र बुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर-५ कि ११ वर्षीय बालिकामा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारले जानकारी दिए ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।


बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ।


जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुन:संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.