add

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख भन्दा बढी , कुन देशको अवस्था कस्तो ?






ActPro Nepal

|

२९ वैशाख, २०७७

|
748

काठमाडौं।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ ।

हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना संक्रमित थपिदा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ । ताकी शनिबार ८८ हजार ९ सय ८८ जना संक्रमित भेटिएका थिए भने ४ हजार २ सय ४८ जनाको मृत्यु भएको थियो । शुक्रबार ९७ हजार १ सय २८ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ५ सय ५० जनाको ज्यान गएको थियो ।

अमेरिका, इटाली, स्पेन, बेलायत, फ्रान्सलगायतका देशमा संक्रमण र मृत्युदर क्रमशः घट्दै गएको छ भने रुस, भारत लगायतका देशमा भने संक्रमण र मृत्युदर बढेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा (आइतबार) २० हजार ३ सय २९ संक्रमित थपिदा ७ सय ५० जनाको मृत्यु भएको छ । ताकी शनिबार २५ हजार ५ सय २४ जना संक्रमित भेटिएका थिए भने १ हजार ४ सय २२ जनाको मृत्यु भएको थियो ।

शुक्रबार २९ हजार १ सय ६२ जना संक्रमित थपिदा १ हजार ६ सय ८७ जनाको ज्यान गएको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट १३ लाख २९ हजार २ सय ३ जना संक्रमित हुँदा ७९ हजार ५ सय २५ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा आइतबार १ हजार ८ सय ८० जना संक्रमित थपिदा १ सय ४३ जनाको मृत्यु भएको छ । शनिबार २ हजार ६ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ७९ जनाको मृत्यु भएको थियो ।

स्पनेमा अहिलेसम्म २ लाख २४ हजार ३ सय ५० जना कोरोनाबाट संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ६ सय २१ पुगेको छ।

बेलायतमा आइतबार ३ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि हुँदा २ सय ६८ जनाको मृत्यु भएको छ । शनिबार ३ हजार ८ सय ९६ जना संक्रमित भेटिएका थिए भने ३ सय ४६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म बेलायतमा २ लाख २० हजार ४ सय ४९ जना संक्रमित भएका छन् भने ३१ हजार ९ सय ३० जनाको मृत्यु भएको छ ।

इटालीमा पनि क्रमशः संक्रमण र मृत्युदर घट्दै गएको छ । आइतबार ८ सय २ जना संक्रमित हुँदा १ सय ६५ जनाको मृत्यु भएको छ ।

शनिबार १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ९४ जनाको मृत्यु भएको थियो । इटालीमा अहिलेसम्म २ लाख १९ हजार ७० जना संक्रमित भएका छन् भने ३० हजार ५ सय ६० जनाको मृत्यु भएको छ ।

रुसमा भने पछिल्लो एक हप्ता यता आक्रामक रुपमा कोरोनाको संक्रमण फैलिएको छ भने मृत्युदर पनि बढ्दै गएको छ । हरेक दिन कम्तिमा १० देखि ११ हजार नयाँ संक्रमित भेटिने गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ११ हजार १२ जना संक्रमित हुँदा ८८ जनाको मृत्यु भएको छ । अहिलेसम्म रुसमा २ लाख ९ हजार ६ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

भारतमा पनि तिब्र रुपमा फैलिएको कोरोनाबाट संक्रमण हुने दर र मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ ।

शनिबार ३ हजार १ सय १३ जना संक्रमित भेटिदा १ सय १६ जनाको मृत्यु भयो । भारतमा अहिलेसम्म कोरोनाबाट ६७ हजार १ सय ६१ जना संक्रमित भएका छन् भने २ हजार २ सय १२ जनाको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन। अहिलेसम्म १ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.