add

ताप्लेजुङका आगलागी पीडितलाई तत्काल राहत दिइयाेस‍् , शेरबहादुर देउवा






ActPro Nepal

|

२१ वैशाख, २०७७

|
867

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन।

सभापति शेरबहादुर देउवाले  विज्ञप्ति निकालेर आगलागीका कारण घरबारविहीन भएका पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै उनले आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति  गुमाएका परिवारजनमा सहानुभूति प्रकट गरेका छन् ।

उनले लेखेका छन्–‘सो आगलागीका कारण घरवारविहन हुन पुगेका पीडित परिवारहरुलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न कांग्रेस सरकारसँग माग गर्छ ।’ 

विज्ञप्तिमा शुक्रबार राति भएको आगलागीमा सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको र कांग्रेस जिल्ला कार्यालयको भवनमा समेत सामान्य क्षति पुगेको उल्लेख छ ।

प्रहरीका अनुसार सो आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ । आगलागीले आठ घर पूर्ण जलेका र अन्य केही घरमा आंशिक क्षति भएको छ ।

आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् ।  अ‌ागलागी पीडितलाई राहत वितरण पनि थालिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.