add

‘स्तनपान गराउँदा कोरोना सर्दैन’- स्वास्थ्य मन्त्रालय






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
780

काठमाडौं । आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने अध्ययनले देखाएको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्मको अध्ययनले स्तनपानबाट शिशुलाई कोरोना नसरेको जानकारी दिएका हुन्।

देवकोटाले कोरोनाको लक्षण देखिएका वा क्वारेन्टाइनमा रहेका आमाहरुले स्तनपान गराउँदा सचेतता भने अपनाउनुपर्नेमा जोड दिएका छन्।

अहिलेसम्म भएका अध्ययनहरुले स्तनपानबाट कोरोना भाइरस सरेको देखाएको छैन’ । ‘त्यसैले स्तनपानलाई निरन्तरता दिनु सुरक्षित नै हुन्छ प्रवक्ता देवकोटाले भने ।

‘बालबालिकाको सम्पर्कमा आउनु अगाडि वा पछाडि साबुन पानीले हात धुने गर्नुपर्छ।’

उनले आमाको अवस्था गम्भीर भएको अवस्थामा दूध निकालेर बच्चालाई सफा चम्चाले खुवाउन सकिने प्रष्ट पारे।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.