add

औपचारिक क्षेत्रका कर्मचारीले ५० प्रतिशत तलब तत्काल पाउने






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
972

काठमाडौं। मन्त्रिपरिषद वैठकले स्वीकृत गरेको कार्यविधिअनुसार औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई बैशाख महिनाको ५० प्रतिशत तलब तत्काल पाउने भएका छन् ।

बाँकी ५० प्रतिशत रकम भने व्यवसाय सूचारु भएपछि मजदुर तथा कामदारहरुलाई उपलब्ध गराउनुपर्ने निर्णय कार्यविधिका उल्लेख गरिएको छ । निजी क्षेत्रले बैशाख महिनाको ५० प्रतिशत तलब मात्रै दिन सक्ने बताएका थिए ।सरकारले पनि निजी क्षेत्रको माग अनुसार आधा तबल तत्काल दिनुपर्ने र बाँकी ५० प्रतिशत रकम व्यवसाय सुचारु भएपति दिनुपर्ने व्यवस्था गरिदिएको हो ।

कार्यविधिअनुसार लकडाउन अवधिमा पूर्ण रुपमा बन्द भएका पर्यटनसँग सम्बन्धित उद्योगले वैशाख महिनाको तलबको ५० प्रतिशत अनिवार्य दिनुपर्ने छ। योसँगै होटलमा कार्यरत दैनिक तथा मासिक ज्यालादारी श्रमिकले पनि वैशाखको पूर्ण तलब पाउने भएका हुन्।

त्यस्तै बाँकी ५० प्रतिशत पनि उद्योगले दिनुपर्ने छ। तर त्यसरी दिनुपर्ने बाँकी ५० प्रतिशतका लागि भने सरकारले सहुलियत ऋण दिने छ।

स्थायी तथा अस्थायी कर्मचारीलाई भने वैशाख महिनाको तलब भने ५० प्रतिशतमात्र दिए पुग्ने छ। बाँकी ५० प्रतिशत लकडाउन खुलेर उद्योग खुलेपछि दिए पुग्ने भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.