add

कोरोना संक्रमित भेटिएकाे क्षेत्र ‘सिल’






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
879

धनुषा । प्रदेश नम्बर २ मा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ ।

बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो ।  मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो । 

त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो । यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । 

३१ वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेको सचिव डा घिमिरेले जानकारी गराए । त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो । 

तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । यस प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ । 

यस प्रदेशमा १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ । 

अहिलेसम्म चार हजार ९१४ को आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेशनमा छन् ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.