add

कर्मकाण्ड गर्ने ब्राह्मणलाइ सवारी पास उपलब्ध गराउन माग






ActPro Nepal

|

१७ वैशाख, २०७७

|
940

काठमाडाैं । सांस्कृतिक छात्र सङ्घ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन् ।

नेपालको बहुसङ्ख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र सङ्घ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताए ।

पैँतीस दिनदेखिको लकडाउनले मठमन्दिरको दैनिक पूजा आरधनाको काम गर्न समस्या भएको भन्दै पासको आवश्यकता परेको आचार्यले बताए । आचार्य भन्छन्, 'हाम्रो परम्परामा मन्दिरको दैनिक पूजा, दशगात्रादि कर्म साथै तिथि श्राद्ध, न्वारनजस्ता क्रिया नियमित हुने भएकाले उक्त सङ्घको सिफारिसमा आवतजावतको लागि पास आवश्यक परेको हो ।'–रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.