काठमाडौं । लकडाउनकाे समयमा काठमाडाैं महानगरपालिकाले ७३ हजार ८६० जनालाई राहत उपलब्ध गराएको छ ।
त्यसैगरी विभिन्न दाताले उपलब्ध गराएको राहत पनि महानगरले वितरण गरेकाे छ । त्यसरी दाताले दिएकाे राहत २५ हजार २९६ जनालाई वितरण गरिएको छ । महानगरकाे ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो ।
महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ जनाको नामावली सङकलन गरेको थियो ।
महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण समस्यामा परेका ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ ।
खान बस्नको समस्या भए सम्पर्क गर्न महानगरले अपिल गरेकाे छ ।
त्यसैगरी महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ । प्रशासन प्रमुख ढकालकाअनुसार यो विवरण सोमबार सम्मको हो ।- रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।