add

दुई करोडको च्याउ नोक्सान






ActPro Nepal

|

१६ वैशाख, २०७७

|
722

दमक । कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा एक महिनाको अवधिमा झापामा करिब  दुई करोड रुपैयाँ बराबरको च्याउ नोक्सान भएको छ । 

 च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पुर्‍याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए ।  जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् । 

माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब  पाँच लाख रुपैयाँ, सीता च्याउ उद्योगको  ६ लाख रुपैयाँ, कुलश च्याउ उद्योगको पाँच लाख रुपैयाँ, ढुङ्गाना च्याउ उद्योगको  १० लाख रुपैयाँ र कल्याण तथा कृतिसा च्याउ उद्योगको पाँच लाख रुपैयाँ बराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ ।  

यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब  ३० लाख रुपैयाँ, शिवसताक्षीका किसानको करिब ३० लाख रुपैयाँ र दमक नगरपालिकाका च्याउ किसानका करिब ४० लाख रुपैयाँको च्याउ नोक्सान भएको छ । 

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्‍याउन सकेका छैनन् । 

हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउँछन् । बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ । –रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.