add

गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश






ActPro Nepal

|

१६ वैशाख, २०७७

|
616

तुलसीपुर । गैैरकानूनी रुपमा  थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ ।

कारागारमा रहेका चौधरीलाई थुनामुक्त गर्न  जिल्ला अदालत र कारागार कार्यालय तुलसीपुरलाई सोमबार आदेश दिइएको हो । 

बालबालिकासम्बन्धी ऐन,२०७५ को दफा ३६(४) अनुसार बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले पाँच वर्ष चार महिना कैद सजाय सुनाए पनि चौधरी ६ वर्षभन्दा बढी कैद बसिसकेका कारण थुनामुक्त गर्न भनिएको हो ।

विसं २०७० माघ १७ गते जबर्जस्ती करणी गरेको अपराधमा माघ १९ गते पक्राउ परेका चौधरीलाई अदालतले ६ वर्ष कैद सजाय सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले आठ वर्ष कैद सजाय तोकेकामा सर्वोच्च अदालतले ६ वर्ष कैद सुनाएको थियो । – रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.