add

भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, संक्रमितको संख्या २७ हजार ८ सय ९० पुग्यो






ActPro Nepal

|

१५ वैशाख, २०७७

|
677

काठमाडौं । भारतमा कोरोना संक्रमण दिन प्रतिदिन तिब्र रुपमा फैलिएको छ ।

कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ । आइतबार एकै दिनमा ५८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । शनिबार ४५, शुक्रबार ५७, बिहीबार ४०, बुधबार ३५, मंगलबार ५३ र सोमबार ३३ जनाको मृत्यु भएको छ ।

दैनिक भास्करले उल्लेख गरेअनुसार कोरोनाबाट आइतबार महाराष्ट्रमा मात्रै १९ जनाको मृत्यु भएको छ भने गुजरातमा १८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेका छन् । जहाँ ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रको मुम्वईमा मात्रै २०४ जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा १५५, मध्यप्रदेशमा १०३, दिल्लीमा ५४, राजस्थानमा ४१, आन्ध्र प्रदेशमा ३१, उत्तर प्रदेशमा ३०, तेलंगानामा २६, तमिलनाडुमा २४ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगाल २०, कर्नाटक १९, पंजाव १८, जम्मू कास्मिर ७, हरियाणा ५, केरला ३, झारखण्ड ३, बिहार २, हिमाञ्चल २, आसाम १, मेघालय १, ओडिसा १ र पुडुचेरी १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.