add

जनता समाजवादी पार्टी दर्ता प्रक्रिया रोक्न, निर्वाचन आयोगमा निवेदन






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
882

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिएका हुन्।

एकीकृत पार्टीको सहमती पत्रमा बहुदल राष्ट्रिय राज्य भन्ने उल्लेख गरिएको ब्यहोरा नेपालको संविधान धारा ३ द्वारा परिभाषित राष्ट्रिको कल्पना बहुजातीय, बहुभाषिय, बहुधर्मिक विशेषतायुक्त भौगोलिक विबिधतमा रहेका समान आकंक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रहि एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समिस्ट राष्ट्र हो भन्न्ने मर्म र भावना विपरीत राष्ट्र भन्नाले छुट्टै देश झल्कने गरि दल दर्ता गर्ने लागिएकाले नेपालको संविधान धारा २६९(५) विपरित प्रस्ताव गरिएको उक्त दल दर्ता प्रक्रिया रोक्न राष्ट्रिय युवा संघ नेपालले निवेदन पेश गरेको हो ।

नेपालीहरुको राष्ट्रियता एकता स्वाधिनता र स्वाभिमानका विरुद्ध भइरहेको सबै खाले चलखेल रोकि हाम्रो एकता आपसि भाइचारा र राष्ट्रिय स्वाधिनता सहितको स्वाभिमान जोगाउनका लागि उक्त दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा निवेदन दिइएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रोशन बस्नेतले जानकारी दिए ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको थियो । 

उक्त निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिएका थिए । तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका थिए । 





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.