add

प्रहरीले सांसद अहपरण सम्बन्धी जाहेरी लिन मानेन, जाहरी दिन महोत्तरी नै जानु पर्ने !






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
1198

काठमाडौं ।  काठमाडौं प्रहरी परिसरले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फिर्ता गरिदिएको छ । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।

सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, “जबकि कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?”

परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनाको सुरुवात जहाँ भएको हो त्यहीँ जानुस् भनेको जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.