add

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइदै






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
1549

काठमाण्डौँ । वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीय पर्व आज दान, होम, जप, तप गरी मनाइँदैछ ।

पौराणिक मान्यता अनुसार आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजका दिन सदाशिव भगवान महादेव र हिमालयकी पुत्री देवी पार्वतीका बीचमा विवाह भएको मानिन्छ । यसैगरी आजैका दिन चार युग मध्ये सत्य र त्रेता युगको सुरुवात भएको मानिन्छ । यो तिथि एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गर्नुभएको धार्मिक प्रमाण छ ।

अक्षय तृतियाको दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । आज जौको सातुमा गुड, चिनी, घिउ, मह मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वासका कारण शातु सर्वत दान गर्ने र खाने चलन छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।

अक्षय तृतीयाका दिनमा निराहार व्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म पनि भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.