add

भारत कोरोनाको इपिसेन्टर बन्दैः एकैदिन १८ सय बढीमा देखियो संक्रमण






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
1216

काठमाडौं ।  भारतमा दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिन थालेका छन्। यसले छिट्टै भारत कोरोना भाइरसको इपिसेन्टर बन्ने खतार बढाएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शनिबारमात्र भारतमा १ हजार ३६ जना कोरोना भाइरसका नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका थिए भने ४५ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कूल कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। भारतमा हालसम्म कोरोनाका कारण ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा रहेका संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। अहिले १९ हजार ५ सय १९ जना भारतमा उपचारत छन्। भारतले हालसम्म ५ लाख ७९ हजार ९ सय ५७ जनामा कोरोना भए-नभएको परीक्षण गरिसकेको छ।

भारतमा गत शुक्रबार १ हजार ४ सय ८, बिहीबार १ हजर ६ सय ६९, बुधबार १ हजार २ सय ९०, मंगलबार १ हजार ५ सय ४१ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। यसैगरी शुक्रबार ५९, बिहीबार ४०, बुधबार ३६, मंगलबार ५३ र सोमबार ३३ जनाको कोरोनाका कारण भारतमा मृत्यु भएको थियो।

एक महिनाअघि सम्म अर्थात् मार्च २५ सम्म भारतमा जम्मा ६ सय ५७ जना कोरोना भाइरसका संक्रमित थिए। एक महिना पछि अप्रिल २५ सम्म आइपुग्दा भारतमा यो संख्या बढेर २६ हजार २ सय ८३ पुगेको छ। एक महिना अघि मार्च २५ सम्म भारतमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या मात्र १२ थियो। एक महिनापछि अप्रिल २५ सम्म आईपुग्दा भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या बढेर ८ सय २५ पुगेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.