add

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित






ActPro Nepal

|

१४ वैशाख, २०७७

|
660


काठमाडौं । विश्वभर  कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको  छ ।  आइतबार बिहानको तथ्याङ्कअनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार २ सय ५५ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वका २९ लाख २० हजार ७ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ८ लाख ३६ हजार ६ सय ३६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्वमा १८ लाख ७८ हजार कोरोना भाइरस संक्रमित उपचारत छन्।

उपचारतमध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख २० हजार १ सय ७३ जनाको अवस्था सामान्य छ। हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ।

शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ, जसमध्ये ५४ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.