add

लकडाउनमा फिल्मको कथा लेख्दै निर्देशक एन्टिना






ActPro Nepal

|

११ वैशाख, २०७७

|
900

काठमाडौं । सिन्धुपाल्चोक विकट गाउँमा राजधानी शहर छिरेको दुई दशक हुन लाग्यो लोकप्रिय हास्यकलाकार तथा निर्देशक घनश्याम तिमल्सिना एन्टिनाको । यो दुई दशक उनले भागदौड मै बिताए । कहिले म्युजिक भिडियोको सुटिङ कहिँले सिरियल बनाउने हुटहुटी कहिले फिल्मको चटारो । यसरी दुईं दशक फुत्तै पार गरे उनले  । जिन्दगीलाई बगेको खोला जस्तो ठान्ने उनि  आफु जिन्दगीदेखि सन्तुष्ट रहेको बताउछन ।

आजकाल उनको दैनिकी फेरिएको छ ।काठमाडौंको एउटा बस्ती काडाघारीमा  घरी मोबाइल चलाउछ्न घरी ल्यापटपमा फिल्म हेर्छ्न । हुवाइको मोबाइलमा  चाइनाबाट फैलिएको कोरोनाको बिश्वब्यापी  अपडेट पनि लिइरहन्छ्न ।

उनलाई सामाजिक संजाल छोडनै मन लाग्दैन ।पहिलोपटक प्रेम परेको आत्मीय मायालु जस्तो हातमा मोबाइल खेलाउदा खेलाउदै दिन बित्दैछ्न । घरको गेट लागेको छ । भिड गर्ने मान्छे छैनन ।बाटोहरु सुनसान छ्न । उनले भने मध्यरातमा ब्युझने यो कोलाहलमय शहरमा किन सन्नाटा छायो होला ? कहिलेकाही सोच्ने गर्छु । अनि मलाई यहि कोरोना सम्वन्धी फिल्म निर्देशन गर्न मन लाग्न थालेको छ  । मान्छे किन बन्द कोठामा बस्दैन मलाई फिल्ममा देखाउनु छ   ।

हाल उनी एउटा फिल्म स्क्रिप्ट लेख्दैछ्न । अस्ति बाट मजदुरपक्षीय अभियानमा पनि जोडिएका छ्न । श्रमजीवी मजदुरहरुको पक्षमा बोल्न पाउदा गर्व लाग्छ । उनले भने मेरो फिल्म मजदुरदेखि कोरोनासँग सम्बन्धित भएर बन्छ जस्तो लाग्छ  । जसको पटकथा लेख्दै गर्दा आनन्द महसुस गरेको छु  ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.