add

वर्ष दिनपछि कोल्टी स्वास्थ्य केन्द्रले चिकित्सक पाउँदै






ActPro Nepal

|

७ वैशाख, २०७७

|
541

बाजुरा । कोरोनाको जोखिम बढिरहेको र कोल्टीको स्वास्थ्य केन्द्र लामो समयदेखि चिकित्सिकविहीन भएको अवस्थामा जिल्ला अस्पताल बाजुराबाट एक चिकित्सक खटिएका छन् ।  

जिल्ला अस्पतालमा कार्यरत डा.राजुराज जैशीलाई सो प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर हुन सुदूरपश्चिम प्रदेश सरकारले पत्र पठाएको छ ।

कोरोनाको जोखिम बढिरहेको र कोल्टीको स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सिकविहीन अवस्था रहेकाले छात्रवृत्ति सेवामा कार्यरत डा. जैशीलाई २४ घण्टाभित्र हाजिर हुने गरी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा पत्र पठाएको हो ।  

जिल्ला अस्पतालमा स्थायी दरबन्दीका दुई, निक्साइमन संस्थाबाट दुई र छात्रवृत्ति करार सेवामा गरी पाँच चिकित्सक कार्यरत छन् । कोल्टी क्षेत्रका चार स्थानीय तहलाई लक्षित गरेर आइसोलेशनकक्ष समेत सञ्चालन गर्नुपर्ने भएकाले चिकित्सक अनिवार्य उपस्थित हुन प्रदेश सरकारले निर्देशन दिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चिकित्सकको दरबन्दी भए पनि लामो समयदेखि रिक्त रहेको छ । दरबन्दीसहित पठाए पनि त्यहाँ चिकित्सक विभिन्न कारण देखाउँदै नबस्ने गरेका छन् । जोखिमको समयमा स्वास्थ्यकर्मीको सहयोग र साथ अति जरुरी भएकाले प्रदेश सरकारले कोल्टीमा चिकित्सक पठाएको केन्द्रका कार्यालय प्रमुखसमेत डा.रुपचन्द्र विश्वकर्माले बताए ।

जनशक्ति अभावका कारण रिक्त रहेको दरबन्दीमा उपलब्ध स्रोतलाई नै प्रयोग गर्नुपर्ने भएकाले खटाएकै स्थानीय तहबाट तलब सुविधा लिने गरी पत्राचार गरिएको हो । कोल्टीमा जाने चिकित्सकले बूढीनन्दा नगरपालिकाबाटै सुविधा लिनुपर्ने देखिन्छ ।

जिल्ला अस्पताललाई गत चैत २५ गते नै कोल्टीमा चिकित्सक पठाउन निर्देशनालयबाट पत्र आए पनि त्यसको सुनुवाइ भएको थिएन । एक जनालाई भनिएकाले अस्पताललाई को पठाउने भन्नेमा अन्योलका कारण बेवास्ता गरिरहेको थियो । मुलुक सङ्घीयतामा गएपछि सो केन्द्रमा एक जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ ।

 चिकित्सक  नपठाएको चौतर्फी दबाब बढेपछि प्रदेश सरकारले जिल्ला अस्पताल बाजुरामा नै कार्यरत डा.जैशीलाई पठाउन फेरि पत्राचार गरेको हो । डा.जैसीलाई कार्यालयका तर्फबाट पत्र पठाइदिने र जाने नजाने, कहिले जाने भन्ने आज टुङ्गो लाग्ने विश्वकर्माको भनाइ छ ।

करिब एक वर्षयता चिकित्सक नहुँदा कोल्टीवासीले सास्ती भोग्नुपरेको छ । कोल्टीवासीले सामान्य जाँचबाहेकका सेवा लिन सदरमुकान मार्तडी र जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।– रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.