add

साताको तीन दिनयता नयाँ कोरोना संक्रमित देखिएन् -स्वास्थ्य मन्त्रालय






ActPro Nepal

|

५ वैशाख, २०७७

|
600

काठमाडौं । देशभित्र बितेको तीन दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् ।

संक्रमितको संख्या १६ नै रहेकोमा १५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक जना नीको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नथपिएको बताए । पछिल्लो समय टेष्टको दायरा बनाइएको समेत बताए ।

उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए ।

जसमध्ये ५ जना धनगढी, ४ जना वीरगञ्ज, दुई जना टेकु, दुई जना पाटन, दुईजना धौलागिरी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ।

यसअघि १३ स्थानमा कोरोना भाइरसको आरटीपिसिआर प्रविधिबाट परीक्षण सुरु भइसकेको छ। सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट सुरु भएको यस्तो परीक्षण पाटनमा सुरु भएपछि १४ स्थानमा पुग्ने छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.