add

चितवनमा पीसीआर परीक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजिटिभ, टेकुमा थप परीक्षण गरिँदै






ActPro Nepal

|

५ वैशाख, २०७७

|
623

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

उनीहरुको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।

बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोरामा कोरोना पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरु भरतपुर अस्पतालको आइसोलेसनमै छन्।

चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन्। उनीहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.