काठमाडौं । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २३ जनाको मृत्यु भएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो ।
जसमध्ये १ हजार ७४९ जना निको भइसकेका छन् ।
कोरोनाको प्रभाव महाराष्ट्रमा सबैभन्दा धेरै परेको छ । जहाँ ३ हजार २०५ मा संक्रमण देखिएको छ । १९४ जनाको मृत्यु भइसकेको जनाइएको छ । दिल्लीमा १ हजार ६४० जनामा संक्रमण देखिँदा ३८ जनाको मृत्यु भइसकेको छ
मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने आठ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।
त्यस्तै भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।