add

हावाहुरीले उडायो घरको छाना, दर्जनौं परिवारको बिल्लीबाठ






ActPro Nepal

|

५ वैशाख, २०७७

|
698

बनेपा । बिहीबारको हावाहुरीले घरको छाना उडाएपछि बनेपा नगरपालिका–९ मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको परिवार नजिकैको जस्ताको टहरामा बस्न बाध्य भएको छ ।

हावाहुरीले ढुङ्गामाटोले बनेको घरको छाना उडाएसँगै परेको असिनापानीले घरको अन्नपात र लत्ताकपडासमेत भिजेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवर चौ प्रधानले बताए ।

“हावाहुरीले घरको छाना उडाएर असिनापानीले सबै भिजेर समस्यामा परेका मगर परिवारलाई हामीले तत्काल त्रिपालको व्यवस्था गरेर नजिकैको टहरामा बस्ने व्यवस्थाका लागि सहयोग ग¥यौँ ।” चौ प्रधानले भने, “दिउँसो पनि पानी परेपछि सानो टहरामा बस्न र खानका लागि समस्या भएका कारण तत्कालका लागि केही राहतको व्यवस्था गरेका छौँ ।” 

स्थानीय बासिन्दा महेश्वर थापामगरका अनुसार हावाहुरीले मगर गाउँमा रहेका करिब १५/१६ टहरासमेत उडाएकामा रमेश र बैजुको घरमा धेरै क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार हावाहुरीले  घरको  छाना उडाउँदा करिब  एक लाख ५० हजार रुपैयाँ  बराबरको क्षति भएको बताउनुभयो । – रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.