add

एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्वेक्षण , तपाइ पनि यसरी सहभागी बन्नुहोस






ActPro Nepal

|

४ वैशाख, २०७७

|
710

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि कोरोना भाइरसको संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ दिनुपर्ने छ । ग्राहकहरूले आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर उत्तर दिन सक्नेछन्।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.