add

बाबु र छोरीबिचको सम्बन्ध झल्काउने गित ‘मेरी छोरी’ युट्युबमार्फत दर्शकको मन जित्दै






ActPro Nepal

|

३ वैशाख, २०७७

|
1317

काठमाडौं । लोकदोहोरी गायक मेक्सम खाती र गायिका माण्डवी त्रिपाठीको साथमा बाल गायिका दिपिका कंडेलको आवाजमा रहेको गीतको भिडियो ‘मेरी छोरी’ करोड क्लव पार गरेको छ ।


गायक एवं सर्जक नरेश खातीको शब्द सिर्जना तथा संगीत रहेको उक्त गीतको भिडियो केहि दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको थियो । गीतमा बाबु र छोरीबिचको सम्बन्धलाई शब्दमार्फत दर्शाइएको छ ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरेर बजारमा ल्याइएको उक्त गीतमा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन रहेको छ । साथै, क्रान्ती केसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ भने नायक दिलिप रायमाझी, नायिका दिया जिसी र बाल कलाकार एभिलिना खड्काले अभिनय गरेका छन् ।

दर्जनौं गीत सिर्जना गरेर बजारमा ल्याएका मध्ये अहिलेएसम्मकै करोड क्लव पार गर्न सफल यो गीत पहिलो भएको सर्जक नरेश खातीले जानकारी दिएक छन ।

खाती दाजु भाइ गुल्मि घरभइ हाल काठमाडौंलाई आफ्नो कर्म क्षेत्र बनाइ नेपाली गित संगीतलाई उचाइमा लैजान महत्त्वपूर्ण भुमिका खेल्दै आउनु भएका सर्जक हुन ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.