add

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय






ActPro Nepal

|

२ वैशाख, २०७७

|
1420

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनलाई वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ पुगिसकेको छ ।

नेपालमा पहिलोपटक गत गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अन्य १५ जनाको अहिले उपचार भइरहेको छ ।

कोरोना संक्रमित १५ जनामध्ये ५ जनाको सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल, २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.