add

भारतमा वैशाख २१ गतेसम्म लकडाउन






ActPro Nepal

|

२ वैशाख, २०७७

|
872

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सबै राष्ट्रहरुलाई लकडाउन खोल्न हतार नगर्न अपिल गरे संगै भारतले देशमा २१ दिनदेखि जारी लकडाउन थपेको छ।

देशको नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ (वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन्।

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए।

उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए।

भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण

सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए।

उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।

भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.