add

मन्त्रिपरिषद् बैठकमा लकडाउन थप्नेबारे छलफल हुँदै






ActPro Nepal

|

२ वैशाख, २०७७

|
968

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्‍ने बैठकमा मन्त्रिपरिषद्को बैठकमा पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमित देखा परिरहेकाले लकडाउनको समय अझै थप्नेबारे छलफल हुने बताइएको छ ।

कोरोना भाइरसका कारण देशभर लागू भएको लकडाउन पहिलोपटक चैत ११ गतेदेखि एक साताका लागि लागू भएको लकडाउन पटकपटक गरी वैशाख ३ गतेसम्मका लागि लागू भएको थियो । 

मन्त्रिपरिषद्को बैठकमा लकडाउन, कोरोना रोकथाम तथा नियन्त्रणका थप रणनीति र नियमित प्रस्तावमाथि छलफल हुने सञ्‍चार तथा सूचना प्रवधिमन्‍त्री डा‍. युवराज खतिवडाकाे सचिवालयले जनाएको छ । 

बैठकमा काेराेना राेकथामका लागि भइरहेका व्यवस्‍थापनका कामबारे छलफल हुनेछ । सरकारले कोरोना संक्रमण फैलन नदिने प्रमुख उपाय नै लकडाउन भएको बताउँदै आएको छ ।

सोमबार दुई जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या १४ पुगेको छ । र्‍यापिड टेस्टमा पेप्सीकोलास्थि सनसिटी अपार्टमेन्टमा बस्‍दै आएका एकै परिवारका तीनजनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुको भिडियो कन्फ्रेरेन्समा लकडाउन तत्काल नखुल्ने बरु कडा हुने बताइसकेका छन् । त्यसैले मंगलबारको बैठकले लकडाउन अवधि थप्ने पक्का जस्तै छ । 

विश्व स्वास्थ्य संगठनले समेत सबै राष्ट्रहरुलाई लकडाउन खोल्न हतार नगर्न अपिल गरेको छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.