add

मौसम पुर्वअनुमान : नेपालमा पश्विमी वायुकोआंशिक प्रभाव रहेका कारण मौसममा बदली हुने






ActPro Nepal

|

२ वैशाख, २०७७

|
1349

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन  नेपालमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेका कारण मौसममा बदली हुने  जनाएको छ । 

आज देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भुभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । मध्य भू-भागमा हल्का बर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि आज विहान हल्का वर्षा भएको छ 

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख २ गते (मंगलबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

बैशाख ३ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पुर्वी भू-भाग र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

बैशाख ४ गते (बिहिवार)

दिउँसो : देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा तथा पुर्वी भू-भागका केही स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति : देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भू-भागमा एक दुइ स्थानमा र पुर्वी भू-भागमा थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.