add

थप एकजना कोरोना संक्रमित भेटिए,६५ वर्षीया बृद्धामा संक्रमणको पुष्टि






ActPro Nepal

|

१ वैशाख, २०७७

|
754

काठमाडौं । नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना 'पोजेटिभ' देखिएको हो। मन्त्रालयबाट औपचारिक जानकारी आउन बाँकी छ। 

वीरगञ्जमा चिया बेच्ने ती महिला चैत ९ गते कैलाली लम्की पुगेका थिए। 

स्थानीय जनप्रतिनिधिले उनीहरु सबैलाई लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखेका थिए। क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्दा नेगेटिभ देखिएपछि चैत २८ गते घर गएका थिए। संक्रमित महिला भुरुवास्थित आफन्तकोमा बसेकी थिइन्।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको जनाईको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। 

आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो।

नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्‍जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.