add

वस्तु बिनिमय प्रथाको झल्को दिन, ब्युँतिदै मानापाथी अभियान






ActPro Nepal

|

२८ चैत, २०७६

|
858

सर्लाही । आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानापाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई  शुरुआत गरेको छ । 

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन  लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न मानापाथी अभियान शुरु गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । 

बिहीबारदेखि सुरु भएको सो अभियानमा प्रदेशसभा सदस्यदेखि  खानेपानी उपभोक्ता समितिसम्मले सहयोग गरेको नगरपालिकाले जनाएको छ । 

प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रतीले ५ क्विन्टल चामल, तथा ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले बीस क्विन्टल चामल, एक क्विन्टल दाल र दुई क्विन्टल नुन प्रदान गरेको छ । यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले  १५ हजार एक सय पाँच रुपैयाँ  प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस् भन्नाका लागि सो  थालनी गरेको र अभियान जारी रहेको जनाएको छ ।–रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.