add

रेनकोटलाई पिपिई बनाएका छौं ,डाक्टर गगन चौधरी






ActPro Nepal

|

२७ चैत, २०७६

|
2661

दोधरा ।माहाकाली नगरपालिकाको एक मात्र स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा यतिबेला भ्याई नभ्याई छ् ।

केन्द्रमा एक मात्र डाक्टरकोरुपमा मेडिकल अफिसर डाक्टर गगन चौधरीलाई चौबिसै घण्टा एर्लट बसेर काम गर्नु पर्ने अवस्था छ् । देश समृद्धीको बाजा घन्कीरहेको बेला माहाकाली नगरपालिकाका जनताले अझै सम्म अधिकांश स्वास्थ्य सुबिधाबाट बन्चित भएको माहाकाली नगरपालिकाको स्वास्थ्य सेवा तथा सुबिद्या ज्वलन्त उदारण छ् ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा डाक्टर बस्न नमान्ने कयौं उदाहरणहरु हामी संग छन् । तर केही वर्ष देखि माहाकाली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा लगनशिल भएर कार्य गर्दै आएका हामीले डाक्टर गगन चौधरीलाई पाएका छौं । सज्जन, सहनशिलता तथा लगनशिलता डाक्टर चौधरी बिश्वमा त्रासद्धी मच्चाएको नोवेल कोरोना भाइरसको बेला माहाकाली नगरपालिकाबासीले पाउनु आफैमा सुखद बिषय हो । देशमा तिन तहको सरकार रहकै बेलामा स्वास्थ्य सेवामा लापरवाही गर्नु हामी सबै नेपालीहरुको दुखद बिषय पक्कै हो । अहिले माहाकाली नगरपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको मान्न सकिन्छ् । भारत संग जोडिएको झण्डै ३५ किलोमिटरको खुला सिमा क्षेत्रमा भारत लगाएत अन्य देशबाट घर फर्किने नेपालीको लर्को लागेको छ् । छिमेकी राष्ट्र भारतमा समेत कोरोना भाइरसको संक्रमणले मर्नेको संख्यामा बृद्धि हुदै छ् । देशमा लकडाउन पछि माहाकाली नगरपालिका क्षेत्रमा बसोबास गर्ने तथा भारत लगाएत अन्य मुलुकबाट घर फर्किनेको संख्या झण्डै १५ सय पुगेको छ् । भारत लगाएत अन्य देशबाट भाइरसको संक्रमण माहाकाली नगरपालिकामा नभित्रिएको भन्न सकिन्न ।

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा रुघा रखोकी, ज्वरो लगाएतका बिरामी दिनदिनै बढ्दै गएको छ् । केन्द्रमा थोरै जनशक्ती भएतापनि नगरबासीलाई सक्दो स्वास्थ्य सेवा दिने प्रयत्न भएकै छ् । यस क्रममा माहाकाली नगरपालिका स्थित रहेको एक मात्रै स्वास्थ्य केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका मेडिकल अफिसर डाक्टर गगन चौधरी संग गरिएको पत्रकार पप्पु गुरुङ्गले गरेको छोटो कुराकानी : –

‘यो ठाँउ निकै जोखिमपूर्ण छ् । १२ वटा भन्दा अनौपचारिक नाका छन् । मान्छेहरु आउने जाने ठप्प भएको छैन । माहाकाली नगरपालिकामा १९ जना मान्छे क्वारेन्टाईनमा छन् । तर ती क्वारेन्टाईन पनि आश्रय स्थल जस्ता मात्र छन् । सबै भन्दा ठूलो समस्या पिपिईकै छ्। सरकारले पठाएको पिपिई डिस्पोजेबल रहेछ। एकपटक प्रयोग गरेपनि पुनस् प्रयोग गर्न निमल्ने। हामीले रेनकोटलाई पिपिई बनाएका छौं। थाहा छैन कति सुरक्षित छ् । त्यसको बाहिर पट्टि प्लास्टिक प्रयोग गछौं । रेनकोटलाई स्ट्रेरलाइजबाट पुन: प्रयोग गरेको छौं ।

वडामा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन भईसकेका छन् । हामीले स्वास्थ्य केन्द्रबाट मोबाइल हेल्थ टिम परिचालन गरेर ठाँउ–ठाँउमा पुगेर ज्वरो नाप्ने गरेका छौं । स्वास्थ्य संस्थामा बिरामी आउने घटेका छैनन् । दैनिक १ सय २५ जना सम्म बिरामी आउने गरेका छन् । हामीले प्रहरी परिचालन गरेर छुट्टाछुट्टै टिम बनाएर जाँच्ने काम गरिरहेका छौं । त्यस्तोमा पनि कोही कोरोना संक्रमित भेटिए सर्ने सम्भावना भने निकै छ् । स्थानीय मान्छेहरुमा बुझ्ने मान्छे कम छन् । ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर भने माहाकाली नगरपालिकाले ल्याएको छ् । हामीले घरमै बसेर स्वास्थ्य सल्लाह दिन हेल्पलाइन समेत सञ्चालन गरेका छौ । स्वाब टेष्टका लागी जम्मा गर्ने किट छैनन् । कतार एयरवेजबाट आएका एकमा कोरोना देखिए पछि सरकारले कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाएको थियो ।

महाकाली अस्पतालबाट प्राविधिक आएर स्वाब टेष्ट गर्न लगेका थिए । भारतबाट आएका व्यक्तिमा कोरोना भएको भए फैलने सम्भावना व्यापक छ् । मान्छेहरु अचम्मका छन् । धेरै मान्छे अरुलाई सिकाउने छन् तर आफू पालना नगर्ने गर्छन् । लकडाउन भए पनि जनप्रतिनिधिका नातेदारलाई लकडाउनले नछुने रहेछ् । उहाँहरु डुलिरहनु हुन्छ । लकडाउन व्यवस्थित हुन सकेको छैन् । अहिले सम्म भारतबाट आएकाहरुमा पनि लक्षण देखिएको छैन् । तर मान्छेहरु छिर्ने ठाँउ धेरै छ् । एक सय सुरक्षाकर्मीले २४ सै घण्टा ३५ किलोमिटर क्षेत्र निगरानी सम्भव नुहने रहेछ् । स्वास्थ्यकर्मी जोखिममा छन् । रेनकोट र प्लास्टिकले कति धान्छ थाहा छैन् ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.